काठमाडौँमा क्लोथ बैंक सञ्चालन
काठमाडौँ । काठमाडौँ क्लोथ बैंक सञ्चालनमा आएको छ । शुक्रवार टोखा नगरपालिकाको प्राङ्गणमा कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रम को उद्घाटन गर्दै महानायक राजेश हमालले यो पुण्य कार्य रहेको बताए ।
मानव सेवाका लागि देशको सातै प्रदेशमा सञ्चालन हुन लागेको क्लोथ एन्ड फुड बैंक नेपालले प्रयोगमा नआएको घरमा यत्तिकै रहिरहेको पुरानो लत्ता कपडा सञ्चालन गरी पुन: प्रशोधन गरेर आवश्यक पर्नेहरूका लागि निःशुल्क वितरण गर्ने उद्देश्य छ । देशका सातै प्रदेशमा शोरुमहरु सञ्चालन गरेर जोकोहीले प्रयोग गर्न मिल्ने क्लोथ एन्ड फुड बैक नेपालका अध्यक्ष कमल जीसीले बताए ।
क्लोथ एन्ड फुड बैक सञ्चालनमा टोखा नगरपालिका काठमाडौँमै पहिलो बनेको छ । यस्तो उत्कृष्ट काम गर्न पाएकोमा टोखा नगरपालिकाका नगर प्रमुखले खुसी व्यक्त गरे ।
टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर जिसीले नगरपालिका भित्र सञ्चालन हुने कपडा सङ्कलन बक्स राखिने बताए ।