शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शिवपुरी राष्ट्रिय निकुञ्जमा आत्मदाह प्रयास गर्ने युवकको उद्धार

शुक्रबार, १८ फागुन २०८०, १९ : ४५
शुक्रबार, १८ फागुन २०८०

काठमाडौँ । काठमाडौँका शिवपुरी राष्ट्रिय निकुञ्जमा आत्मदाह प्रयास गरेका एक जना युवकको प्रहरीले उद्धार गरेको छ । नुवाकोटको लिखु गाउँपालिका–१ घर भएका विकल्प खड्काले शरीरमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका हुन् ।

उनलाई उद्धार गरेर कीर्तिपुरस्थित बर्न अस्पतालमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । खड्काको शरीरको आधा भाग जलेको छ ।

दिउँसो साढे ३ बजेतिर घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली निकुञ्जमा पुगेको हो । ३० वर्षीय खड्का दाजुहरुसँग पुतलीसडकमा कन्सल्टेन्सी संचालन गर्छन् । घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप