राष्ट्रियसभा अध्यक्षसहित यी २० सांसदहरू भोलिदेखि बिदा हुँदैछन्

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्षसहित भोलि आइतबारदेखि २० सांसदको पदावधि समाप्त हुँदैछ । २०७४ सालमा निर्वाचित भएर ६ वर्ष कार्यकाल बिताएका उनीहरू आइतबारदेखि बिदा हुन लागेका हुन् ।
बिदाइ हुन लागेकाहरूमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमालेका सांसदहरू दीपा गुरुङ, इन्दु कडरिया, दीलकुमारी रावल थापा पार्वती, कुमार दसौंदी, नरपति लुवार, भैरवकुमार श्रेष्ठ र रामचन्द्र राई बिदा हुँदैछन् ।
कांग्रेसका चार सांसदहरू रमेशजंग रायमाझी, अनिता देवकोटा, जितेन्द्रनारायण देव र प्रकाश पन्थ बिदा हुँदै छन् भने माओवादी केन्द्रका तीन सदस्य विना पोखरेल, हरिराम चौधरी र महेशकुमार महरा बिदा हुँदै छन् ।
यता नेकपा एसबाट नन्दा चापाई र सिंगबहादुर विश्वकर्मा, जसपाबाट प्रमीलाकुमारी, स्वतन्त्र सांसद खिमलाल देवकोटा र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्याल पनि बिदा हुँदै छिन् ।
उनीहरूको ठाउँमा हुने रिक्तता पूर्तिका लागि यसअघि नै माघ ११ मा भएको राष्ट्रियसभाको निर्वाचनबाट १९ सदस्य निर्वाचित भइसकेका छन् । फागुन २१ गते उनीहरूको शपथको कार्यक्रम राखिएको छ भने एकजना सदस्य मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छ ।
२०७४ सालमा नयाँ संविधान जारी भएपछि भएको राष्ट्रियसभाको निर्वाचनबाट ५६ जना सदस्य निर्वाचित भएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत भएका थिए । निर्वाचनपछि राष्ट्रियसभाका ५९ सदस्यहरूको कार्यअवधी गोला प्रथाबाट निर्धारण गरिएको थियो ।
उनीहरूको २ वर्ष, ४ वर्ष र ६ वर्ष गरी ३ प्रकारको कार्यकाल तय गरिएको थियो । २ र ४ वर्ष कार्यकाल पूरा गरेकाहरू बिदा भइसकेका छन् भने ६ वर्ष कार्यकालको समय पाएका २० सांसदको आइतबारदेखि बिदाइ हुन लागेको हो ।
उनीहरूको बिदाइका लागि संघीय संसद् सचिवालयले आइतबार साँझ बिदाइ कार्यक्रम राखेको सहप्रवक्ता दशरथ धमलाले रातोपाटीलाई जानकारी दिए । निर्वाचित भएर आएका सदस्यहरूलाई स्वागत र पदावधि सकिएका सदस्यलाई बिदाइ कार्यक्रम राखिएको छ ।
बिदाइ हुने राष्ट्रियसभा सदस्यलाई उनीहरूको कार्यकालमा उनीहरुले संसदमा बोलेका कुराहरूको लिखित पुस्तक समेत प्रदान गरिने धमलाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनको प्रभाव : विद्यार्थीहरु निजीमा भर्ना हुन थालेपछि रोक्नलाई पाठ्यपुस्तक वितरण
-
१२ बजे, १२ समाचार : रघु जी पन्त शिक्षामन्त्री नियुक्तदेखि सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिनेसम्म
-
विशेष बुलेटिन जारी : तराईका धेरै स्थानमा अत्यधिक गर्मीको सम्भावना
-
‘राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५’ का उत्कृष्ट मनोनयन सार्वजनिक
-
काश्मिरमा मारिएका सुदीपको शव आजै नेपाल ल्याइने
-
सिंहदरबारमा बोतल र जारको पानी प्रयोग बन्द गरिने