शुक्रबार, ११ जेठ २०८१
ताजा लोकप्रिय

फ्रेन्च महिला लिगमा सावित्रा भण्डारीको डेब्यु गोल

शनिबार, १९ फागुन २०८०, २२ : २३
शनिबार, १९ फागुन २०८०

काठमाडौँ ।  फ्रेन्च महिला लिग (डिभिजन वान फेमिन) मा नेपाली राष्ट्रिय फुटबल टिमकी फरवार्ड सावित्रा भण्डारी साम्बाले डेब्यु गोल गरेकी छन् । शनिवार भएको खेलमा उनले  डेब्यु गोल गरेकी हुन् ।

सावित्राले इए गुइगाम्पका लागि खेलिरहेकी छन् । सो क्रममा उनले लिल विरुद्धको खेलमा गोल गर्दै इतिहास रचेकी हुन् ।

वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेकी उनले इन्जुरी टाइममा गोल गर्दै टिमलाई २–० को जित दिलाइन् ।  गुइगाम्पका लागि पहिलो गोल भने एन्टोनिए स्टारोभाले गरेकी थिइन् । स्टारोभाले ५२औं मिनेटमा गोल गरेकी थिइन् ।

सावित्राले युरोपियन लिग खेल्ने पहिलो नेपाली फुटबलरको इतिहास बनाएकी छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप