जसपाको सोलुखुम्बु जिल्ला समिति पुनर्गठन
आइतबार, २० फागुन २०८०, ०८ : ५०

सोलु । जनता समाजवादी पार्टी (जसपा) नेपालको सोलुखुम्बु जिल्ला समिति पुनर्गठन भएको छ । शनिबार सल्लेरीमा आयोजित भेलाबाट फुरी ग्याल्जेन शेर्पाको अध्यक्षतामा २१ सदस्यीय समिति पुनर्गठन भएको हो ।
समितिको उपाध्यक्षमा भैराज मगर, सुरतबहादुर बस्नेत सचिव हेमन्त किराती उपसचिव योगेश बराईली, युद्ध मगर र कोषाध्यक्षमा प्रेम नेम्बाङ चयन भएका छन् ।
भेलाबाट १३ सदस्यीय जिल्ला कार्यकारिणी समिति चयन भएको छ । सोही भेलाबाट किमा शेर्पाको अध्यक्षतामा १३ सदस्यीय सोलुदुधकुण्ड नगर समिति र वसन्त पाख्रिनको संयोजकत्वमा माप्या दुधकोशी गाउँ समिति समेत पुनर्गठन गरिएको बताइएको छ ।
कार्यक्रममा पार्टीका राजनीतिक समिति सदस्य एवम् सङ्गठन विभाग सचिव लाक्पा शेर्पा, कोसी प्रदेश समिति सदस्य भक्तबहादुर राई, शेर्पालुङ समितिका मुख्य सचिव महेश राना मगरलगायतका नेताहरू उपस्थित रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसको पर्यटन प्रवर्द्धन गर्न वीरगञ्ज ‘मधेस पर्यटन मिट’
-
अमेरिकाको मिनेसोटामा डेमोक्रेटिक सांसदको गोली हानी हत्या, एक घाइते
-
नदी कटान नियन्त्रणका लागि ग्याबिनवाल निर्माण
-
गर्मी नघटेपछि वीरगञ्जमा थप ६ दिन विद्यालय बन्द
-
इजरायली आक्रमणबाट इरानको आणविक कार्यक्रममा कति क्षति पुग्ला ?
-
पछिल्लो २४ घण्टामा चट्याङ लागेर १८ जना घाइते