आइतबार, १० चैत २०८१
ताजा लोकप्रिय

'कमाण्डो' तालिम अन्तर्गत नेपाल प्रहरीको बञ्जी जम्प सम्पन्न

आइतबार, २० फागुन २०८०, १२ : ५०
आइतबार, २० फागुन २०८०

पर्वत । प्रहरी विशेष कला तथा कारबाही (कमाण्डो) तालिम अन्तर्गत नवौं समूहमा तालिमरत प्रशिक्षार्थी प्रहरीले कुश्मा स्थित द क्लिफमा बञ्जी जम्प गरेका छन् । नेपाल प्रहरीको युक्ति तालिम महाविद्यालयले १ सय १४ जना प्रशिक्षार्थी प्रहरीहरूलाई   साहसिक बनाउन बन्जी गराएको हो ।  

तालिम संयोजक प्रहरी नायब उपरीक्षक हरिप्रसाद पौडेलको संयोजनमा क्लिफमा प्रहरीहरूलाई बञ्जी जम्प गराइएको महाविद्यालयका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोलाबहादुर रावलले जानकारी दिए । जम्पका लागि बिहिवार शुक्रबार र शनिबारको तालिका रहेको थियो ।

यसअघि समेत प्रहरीले तालिम अन्तर्गत विभिन्न साहसिक खेलहरूमा आफ्ना प्रहरीहरूलाई सहभागी गराउँदै आएको छ । तालिम अन्तर्गत प्रहरीको यसअघि २ समुहले फरक फरक समयमा द क्लिफमै बन्जी गरेका थियो ।   क्लिफका अध्यक्ष राजु कार्कीले नेपाल प्रहरीको तालिमको हिस्सा बन्न पाउँदा खुशी भएको बताए ।

राजु कार्कीको परिकल्पना र नेतृत्वमा कालीगण्डकी नदीको खोँचमाथि पर्वत र बाग्लुङ बलेवा जोड्ने गरि बनाइएको द क्लिफमा विश्वकै दोस्रो अग्लो बन्जी जम्प सञ्चालनमा छ । सो बन्जी जम्पका लागि देश विदेशबाट साहसिक पर्यटनका पारखी आउने गरेका छन् ।

134.00_00_44_23.Still010134.00_00_30_26.Still002134.00_00_11_32.Still001

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?