बिहीबार, ०७ चैत २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको साधारण सभा सम्पन्न

आइतबार, २० फागुन २०८०, १४ : ११
आइतबार, २० फागुन २०८०

काठमाडौँ । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २६औँ वार्षिक साधारण सभा आइतबार सम्पन्न भएको छ । साधारण सभामा बोल्दै अध्यक्ष हेम राज ढकालले नेपाली बिमा बजारमा छुट्टै पहिचान स्थापित गर्न इन्स्योरेन्सले गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए । 

उनले देशको आर्थिक विकासमा बिमाको ठुलो योगदान रहेको भन्दै बिमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बिमा बजार अझै फराकिलो हुने बताए ।  

सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट ढकालद्वारा प्रस्तुत आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

कम्पनीको २६औँ वार्षिक साधारण सभाबाट आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेम राज ढकाल,     विशाल अग्रवाल, अम्बिका प्रसाद पौडेल र कृति टिवडेवाल साथै सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र  अमित अग्रवाल सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेका छन् । 

गत वैशाख २७ गतेबाट साबिक आइएमई जनरल इन्स्योरेन्स लि र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लि मर्जर भएर आईजीआई प्रुडेन्सियल इन्स्योेरेन्स बनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?