शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा क्लबमा गोली चल्यो, एक महिलाको मृत्यु

सोमबार, २१ फागुन २०८०, १० : ४९
सोमबार, २१ फागुन २०८०

मिसिसिपी । अमेरिकाको मिसिसिपी राज्यमा एउटा क्लबमा गोली चलेको छ । आइतबार राज्यको वेस्ट प्वाइन्टमा रहेको एक क्लबबाहिर गोली चल्दा एक महिलाको मृत्यु भएको हो । 

आइतबार बिहानै घटेको घटनामा अन्य १२ जना घाइते भएका छन् । प्रहरीले २० वर्षीया महिलालाई घटनास्थलमा मृत फेला पारेको थियो । अन्य घाइतेहरूलाई सामान्यदेखि गम्भीर चोट लागेको छ । जसमध्ये एक जनाको अनुहारमा गोली लागेको छ । 

पार्टीमा सामेल हुन विभिन्न काउन्टीबाट मानिसहरू सहभागी  आएका थिए । पार्टीमा सहभागी झन्डै ९० प्रतिशत मानिसहरू अन्य काउन्टीको भएको बताइएको छ । क्लबमा सुरक्षा व्यवस्था पनि थियो । तर कसरी हतियार आयो भन्ने कुरा सुरक्षाकर्मीलाई थाहा थिएन । यो वर्ष अहिलेसम्म अमेरिकामा ६६ वटा गोलीकाण्ड भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप