पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु
सोमबार, २१ फागुन २०८०, १७ : १५

सप्तरी । सप्तरीमा सोमबार बिहान पोखरीमा डुबेर ४ वर्षीया बालिकाको मृत्यु भएको छ । जिल्लाको बोदेबर्साइन नगरपालिका–१ धनगढी टोल बस्ने प्रमोदकुमार साहकी छोरी ४ वर्षीया छोरी रितिकाकुमारी साहको पोखरीमा डुबेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार सोही ठाउँस्थित सार्वजनिक पोखरीमा डुबेर बालिकाको मृत्यु भएको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ ।