मन्त्रिपरिषद् पुनर्गठन
नवनियुक्त तीन मन्त्रीले लिए शपथ
सोमबार, २१ फागुन २०८०, १७ : ४३

काठमाडौँ । नवनियुक्त तीन मन्त्रीले शपथ लिएका छन् । शपथ लिनेमा बिना विभागीय मन्त्रीहरू हितबहादुर तामाङ, पदम गिरी र डोलप्रसाद अर्याल छन् ।
तामाङ माओवादी, गिरि एमाले र अर्याल रास्वपाबाट मन्त्री बनेका हुन् । उनीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले सपथ गराएका हुन् ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव,प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ लगायत उपस्थित थिए । सपथ लिने तिनैजना मन्त्री नयाँ अनुहार भने होइनन् ।
तामाङ यसअघि खेल्कुद, गिरि स्वास्थ्य र अर्याल श्रममन्त्री भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक समृद्धिका लागि पानीको उपयोग गर्नुपर्छः उर्जामन्त्री
-
मनकुमारी
-
दलितको घर भत्काएको प्रकरण स् प्रहरी कार्यालयभित्र पञ्चायती, पीडितलाई मिलापत्र गर्न फकाइँदै
-
‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
-
बाबुराम, सिके र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी
-
मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय