शनिबार, ०१ वैशाख २०८१
ताजा लोकप्रिय

रत्नकाजीले बनाए हास्य टेलिसिरियल ‘मिटर ब्याज’

मङ्गलबार, २२ फागुन २०८०, १० : ०५
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । हास्य टेलिसिरियलको भिडमा नयाँ सिरियल ‘मिटर ब्याज’ थपिएको छ । रत्नकाजी जोशीको निर्देशन रहेको टेलिसिरियल सामाजिक कथामा हास्य शैलीमा निर्माण भएको हो । टेलिसिरियल हरेक बिहीबार मिटरब्याज युट्युब च्यानलबाट प्रसारण हुनेछ ।

जोशी विगत २५ बर्षदेखि कलाक्षेत्रका बिभिन्न बिधामा क्रियासिल छन् । टेलिसिरियलको नाम ‘मिटर ब्याज’ भए पनि यसको विषयवस्तु माया प्रेम र घरपरिवार रहेको निर्देशक जोशीले बताए । ‘टेलिसिरियलमा माया, परिवार भित्र पनि सबैभन्दा बढी महत्त्व पैसाको हुने देखाउनेछ । जोशीका यसअघि ‘झिल्के पण्डित’, ‘चल्दै छ’ गायक टेलिसिरियल, दर्जनौँ सट फिल्म र थुप्रै म्युजिक भिडियो सार्वजनिक भएको छ ।

उत्तम केसी, माधव दत्त पण्डित, प्रिया रिजाल, शुभेच्छा थापा, यादव देवकोटा ‘सरापे’, पीएल श्रेष्ठ, आशा बिश्वकर्मा, सपेन्द्र धिताल, जुनु कुवँर, करुणा तामाङ, पासाङ तामाङ लगायतका कलाकारको अभिनय टेलिसियरमा रहेको छ । पट्टकथा संवाद निर्देशक जोशीकै रहेको टेलिसिरियल काब्या श्रेष्ठको प्रस्तुतिमा रिद्दी श्रेष्ठले निर्माण गरेकी हुन् । सन्तोश प्रगाढको संगीत, निकेश महर्जनको छायाङ्कन रहेको टेलिसिरियलमा विश्वराम खड्काको सम्पादन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप