बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

किशोरीको हत्या प्रकरणमा प्रेमी पक्राउ

मङ्गलबार, २२ फागुन २०८०, १७ : १४
मङ्गलबार, २२ फागुन २०८०

काठमाडौँ । मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया किशोरीको हत्या गरेको आरोपमा प्रहरीले  एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरेन खाँ चौधरी छन् ।

गए राति धारिलो हतियार प्रयोग गरेर आरोपीले १५ वर्षीया ज्ञानुमती राईको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको जिल्ला प्रहरी कार्यालय मोरङका एक जना अधिकृतले रातोपाटीलाई बताए । पक्राउ गरिएका आरोपी किशोरीका प्रेमी भएको बताइएको छ । 

खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ घर भएकी ज्ञानुमती दुई वर्षदेखि दाइ नातापर्नेको घरमा बसेर पञ्चायत माविमा ७ कक्षामा पढ्दै आएकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप