शनिबार, २६ असोज २०८१
ताजा लोकप्रिय

संघमा राजनीति समीकरण फेरिएपछि लुम्बिनीको शिखर सम्मेलन स्थगित

मङ्गलबार, २२ फागुन २०८०, १७ : २२
मङ्गलबार, २२ फागुन २०८०

बुटवल । फागुन २८ र २९ गते लुम्बिनी प्रदेशमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तर्राष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ । 

लुम्बिनी प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद्  बैठकले सम्मेलन स्थगित गरेको हो । 

सम्मेलनको अधिकांश तयारी पूरा भएपछि स्थगित गरिएको छ । लुम्बिनी प्रदेश मुख्यमन्त्री कार्यालय सचिव एवं अन्तर्राष्ट्रिय शिखर सम्मेलन सम्मेलनका संयोजक सुमन घिमिरेले संघमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलन पनि स्थगित गरिएको जानकारी दिए ।   

सम्मेलनको लागि बुटवलमा कार्यालय स्थापना गरी करिब ३ महिनादेखि तयारी भइरहेको थियो ।  

सम्मेलनका लागि निमन्त्रणा कार्ड, झोला, मञ्च व्यवस्थापनलगायतका काम भएको उनले बताए । उनले हालसम्म कति खर्च भयो भन्ने हिसाब गर्न बाँकी रहेको जानकारी दिए ।  

सम्मेलनमा ९ जना नोबेल पुरस्कार विजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्रीसहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो ।

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप