राजेन्द्र महतोले भने– ‘म अब कहिल्यै मन्त्री बन्दिन’
काठमाडौँ। बहुल राष्ट्र निर्माणका लागि राष्ट्रिय मुक्ति क्रान्ति सुरु गरेका राजेन्द्र महतोले राष्ट्रिय मुक्ति क्रान्ति कसैले रोक्न नसक्ने र बहुल राष्ट्र निर्माण भइ छाड्ने दावी गरेका छन् । विगतका आन्दोलन मोर्चाको शैलीले भएको र आफू पनि त्यसमा लागेको बताउँदै उनले त्यसमा त्रुटि भएको स्वीकार गरे । अब त्यसलाई सुधार गरेर अगाडि बढ्ने उनले बताए ।
नेपालमा पटक–पटक आन्दोलन भएपनि सफल किन भएन भन्ने विषयमा गम्भीर छलफल गरेर यो अभियानमा लागेको बताउँदै महतोले क्रान्ति सफल बनाउन जस्तोसुकै त्याग गर्न आफू तयार रहेको बताए ।
सन्चारकर्मी तथा बुद्धिजीवीसँग बुधबार छलफल गर्दै उनले आफू पाँचपटक मन्त्री भइसकेको र अब जीवनमा मन्त्री नबन्ने भनी कसम खाएको बताए । उनले अब आफूले पाउन बाँकी केही नरहेको समेत बताए । ‘३५ वर्षदेखि जुन अधिकारका लागि लडेँ त्यो प्राप्त गर्न नसकिएका कारण राष्ट्रिय मुक्ति क्रान्ति सुरु गरेका हौं’ उनले सुनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
गैरआवासीय नेपालीलाई सरकारको १० वर्षे निःशुल्क भिसा निर्णयको विरोध
-
पोखरामा पाँचौँ टाइगर कप हुँदै, पुरस्कार राशि बढ्यो
-
हिउँदे अधिवेशनबाट शिक्षा ऐन पारित गराउन कांग्रेस महामन्त्रीलाई ध्यानाकर्षण
-
सुगरका बिरामीका लागि विष हुन् यी पाँच चिज
-
कम्युनिस्ट भनेर मात्र पनि हुँदो रहनेछ : माधव नेपाल