सन्दीपविरुद्ध उच्च अदालतमा सरकारी पक्षको पुनरावेदन दर्ता
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा काठमाडौँ जिल्ला अदालतको फैसला बदरको माग गर्दै सरकार पक्ष उच्च अदालत पुगेका छ । बुधबार उच्च अदालत पाटनमा सरकारी पक्षले पनि जिल्ला अदालतको फैसला विरुद्ध पुनरावेदन दर्ता गराएको हो ।
उच्च अदालत पाटनका सूचना अधिकारी तीर्थराज भट्टराईका अनुसार सरकारी वकिलले बुधबार नै जिल्लाको फैसलाविरुद्ध अदालतमा पुनरावेदन दर्ता गराएका छन् । सन्दीपले भने काठमाडौँ जिल्ला अदालतको फैसलाविरुद्ध यसअघि नै पुनरावेदन दर्ता गराइसकेका छन् ।
काठमाडौँ जिल्ला अदालतले गत पुष १३ गते फैसला सुनाउँदै क्रिकेटर लामिछानेले गौशाला २६ माथि बलात्कार गरेको ठहर गरेको थियो । वादी नेपाल सरकारले पीडित गौशाला २६ नाबालिग रहेको दावी गरेपनि काठमाडौँ जिल्ला अदालतले भने वारदातको समयमा किशोरीको उमेर १८ वर्ष पुगिसकेको ठहर गरेको थियो । यद्यपि किशोरीको उमेर १८ वर्ष पुगिसकेको भएपनि लामिछानेले किशोरीको आर्थिक अवस्थाको फाइदा उठाउँदै होटलसम्म पुराएर बलात्कार गरेको ठहर गरेको थियो ।
काठमाडौँ जिल्ला अदालतको फैसलामा पीडित गौशाला २६ को उमेर १८ वर्ष पुगेको भनी उल्लेख भएकामा असहमति जनाउँदै उच्च सरकारी वकिल कार्यालय उच्च अदालत पुगेको हो । सरकार पक्षको दावीमा किशोरीको नागरिकता, शैक्षिक प्रमाणपत्र आदिले किशोरीको उमेर वारदातको समयमा १८ वर्षभन्दा कम नै रहेको जिकिर गर्दै सन्दीपलाई सुनाइएको सजाय अपुग भएको जिकिर लिइएको छ ।
यता सन्दीपले भने आफू निर्दोष भएको र किशोरीमाथि जबर्जस्ती करणी नभएकाले सफाई पाउनुपर्ने दाबीसहित यसअघि नै उच्च अदालत पाटनमा पुनरावेदनका लागि निवेदन दर्ता भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुनाः एक व्यथा’को टिजर : बालविवाह तथा महिला हिंसाको कथा
-
प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
-
क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग
-
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छ : प्रचण्ड
-
लोडसेडिङकै झल्को दिने गरी किन गइरहन्छ झ्याप्प–झ्याप्प बत्ती ?
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’