शनिबार, २९ मङ्सिर २०८१
ताजा लोकप्रिय

लोसपाको केन्द्रीय समितिको बैठक चैत ६ गतेदेखि

शुक्रबार, ०२ चैत २०८०, १७ : ०४
शुक्रबार, ०२ चैत २०८०

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । विभिन्न कारण पटक पटक स्थगित हुँदै आएको केन्द्रीय समितिको बैठक चैत ६ र ७ गतेका लागि बोलाइएको हो । 

महोत्तरीमा बस्ने बैठकले संगठन सुदृढीकरणका विषयमा छलफल गर्ने सचिव मनिष मिश्रले बताए ।

बैठकले राजनीतिक प्रतिवेदन, विधान संशोधन, भ्रातृ संगठन गठनलगायतका विषयमा छलफल हुने बताइएको छ । यी विषयमा प्रतिवेदन तयार भइसकेको छ भने  अध्यक्ष महन्थ ठाकुरले यसका लागि विभिन्न कार्यदल समेत गठन गरेका थिए । 

वर्तमान सरकार तथा सत्ता गठबन्धनमा लोसपा सहभागी भएको छैन । तर, मधेस प्रदेश र लुम्बिनी प्रदेश सरकारमा अझै सहभागी छ । अब प्रदेश सरकारमा सहभागिताका विषयमा पनि बैठकले ठोस निर्णय गर्ने बताइएको छ । 

लोसपाले असोज ८ गते गठन गरेको ३११ सदस्यीय केन्द्रीय समितिको यो दोस्रो बैठक हो । पहिलो बैठक मंसिर २४ गते बसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप