काठमाडौँ महानगरले ३ सय योग प्रशिक्षक उत्पादन गर्दै, ‘प्रशिक्षक तालिम’ सुरु
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले योग प्रशिक्षकका लागि तालिम कार्यक्रम थालेको छ । शनिबारदेखि ‘महानगर : स्वर्णिम योजना’ कार्यक्रम अन्तर्गत योग प्रशिक्षक उत्पादन गर्ने लक्ष्यका साथ काठमाडौँमा तालिम कार्यक्रम सुरु गरिएको महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाको स्वास्थ्य विभागले कार्यान्वयनमा ल्याएको ‘आरोग्य जीवन कार्यक्रम’ अन्तर्गत वडा वडामा, टोल टोलमा योग कक्षा सञ्चालन गर्ने प्रशिक्षक उत्पादन गर्न प्रशिक्षण कार्यक्रम अघि बढाएको हो । कार्यक्रमका फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार एक समूहमा ३० जना राखेर प्रशिक्षण प्रदान गरिँदैछ । यसरी ३ सय जना प्रशिक्षक उत्पादन गर्ने लक्ष्य लिइएको छ ।
प्रशिक्षणका विषयमा योगले कुन अवस्थामा कसरी काम गर्छ भन्ने कुराका सैद्धान्तिक ज्ञान र व्यवहारिक अभ्यास राखिएको छ । यसरी दिइने तालिममा १५ वटा कक्षा राखिएका छन् । जसमा योग चिकित्साको अवधारणा, मधुमेह, मोटोपन, मुटु रोग, उच्च रक्तचाप, श्वासप्रश्वास र तनाव व्यवस्थापनका लागि कुन योग उपयोगी हुन्छ विषयमा सिकाइने जनाइएको छ ।
योग प्रशिक्षक डा।सुमन विष्ट लगायतले प्रशिक्षण दिने महानगरपालिकाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘जुनाः एक व्यथा’को टिजर : बालविवाह तथा महिला हिंसाको कथा
-
प्रधानमन्त्री कप महिला क्रिकेट : उद्घाटन खेलमा सुदूरपश्चिम विजयी
-
क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग
-
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छ : प्रचण्ड
-
लोडसेडिङकै झल्को दिने गरी किन गइरहन्छ झ्याप्प–झ्याप्प बत्ती ?
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’