शालिन मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन मुद्दा अदालतमा दर्ता
आइतबार, ०४ चैत २०८०, १७ : ४१
काठमाडौँ । शालिन पोखरेल मृत्यु प्रकरणमा जिल्ला अदालत चितवनमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको छ । शिशु निकेतन स्कुलका प्रिन्सिपलसहित ३ जनाविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरिएको जिल्ला सरकारी वकिल कार्यालय चितवनका प्रमुख शान्ति प्रसाद लुइँटेलले रातोपाटीलाई बताए ।
पीडित परिवारले ज्यान सम्बन्धी कसुरमा जाहेरी दिएपनि सो कसुरमा प्रमाण नजुटेपछि मुद्दा परिवर्तन गरिएको हो । शालिन मृत्यु प्रकरणमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय प्रिन्सिपल बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल पक्राउ परेका छन् ।
चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा शालिन पोखरेल फागुन १२ मा मृत फेला परेकी थिइन् । पक्राउ परेकाहरू मध्ये एकजना भाइस प्रिन्सिपल र अर्का होस्टलको वार्डेन हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु