गजल
सोमबार, १२ चैत २०८०, १२ : १०
भित्ता तक्मा र विभूषणले सजाएको छ
परन्तु तल गरिबीले मानवता लजाएको छ
‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा लगाउँदा लगाउँदै
पत्रिकामा कसैको तक्मा लिलामीको सूचना आएको छ
टारीखेत रित्तै, घरगोठ रित्तै, सिङ्गो गाऊँ वृद्धाश्रम बनिरहँदा
छोरा पर्खेका बाआमालाई सरकारले एउटा बाकस बुझाएको छ
यता लोकतन्त्र वा: वा: नै छ, उता अर्थतन्त्र चाउरियो त के भो
देशलाई सुनको लङ्का बनाउँदै गणतन्त्र फस्टाएको छ
शहीदका फोटो हटाई नेताका फोटो धमाधम झुन्ड्याउँदै
चुनावको बहाना नै सही, यहाँ बुद्धको देश बहुलाएको छ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश व्यापार संघ गठन, अध्यक्षमा मोतीराज ज्ञवाली
-
मेटमणिको स्पष्टीकरण : लिम्पियाधुरा, लिपुलेक र कालापानी भारतले दाबी गरिरहेको भनेको हुँ
-
प्रधानन्यायाधीश सिफारिस गर्न संवैधानिक परिषद् बैठक सुरु
-
शिक्षा मन्त्रालयका प्रवक्ता पोखरेलको मुख्यमन्त्री कार्यालयमा सरूवा
-
पलेशा गोबर्धनलाई पारा एथलिट सम्मान
-
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १७ निर्णय