टी-२० क्रिकेट
करण केसीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
मङ्गलबार, १३ चैत २०८०, १६ : ०१
काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो टी-२० क्रिकेटमा नेपालले दिएको एक सय ९९ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको आयरल्यान्ड ‘ए’ ले आफ्नो चौथो विकेट गुमाएको छ ।
आयरल्यान्ड ‘ए’ को चौथो विकेट करण केसीले लिएका हुन् । उनले आयरल्यान्डका कप्तान निल रकलाई १७ रनको व्यक्तिगत स्कोरमा सन्दीप जोराद्वारा क्याच गराएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान रकले ११ बलमा दुई छक्का पनि हिर्काए । १४.१ ओभरमा उनी आउट हुँदा आयरल्यान्डले एक सय रन बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति ? चार महिनाको तथ्याङ्कमा आधारित रिपोर्ट सार्वजनिक
-
कार्तिक महिनामा उपभोक्ता मुद्रास्फीति ५.६० प्रतिशत
-
अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ
-
उच्चस्तरीय चिनियाँ टोली नेपाल आउँदै
-
महालक्ष्मी विकास बैंकद्धारा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन
-
वैदेशिक रोजगारीका लागि दुवई पुगेका शम्भु विगत ११ महिनादेखि अलपत्र