अर्नोल्ड श्वार्जनेगरको भन्दा ठूलो बाइसेप भएकी महिला, आफैँलाई भन्छिन्– ‘लेडी हल्क’

काठमाडौँ । ३४ वर्षकी ज्याकी कूर्न आफैँलाई ‘सि–हल्क’ भन्छिन् । उनको बाइसेप्स देखेर नाम चलेका बडी बिल्डरहरू पनि लाजले टाउको झुकाउन बाध्य हुन्छन् । नेदरल्यान्डकी यी युवतीको बाइसेप हलिउड अभिनेता अर्नोल्ड श्वार्जनेगरको भन्दा ठुलो छ । अर्नोल्डको बाइसेप कुनै समय २२ इञ्च थियो । तर यी युवतीको बाइसेप २४ इञ्चको भएको बताइएको छ ।
कूर्नले व्यायाम गरेर शरीर बलियो त बनाइरहेकी छिन् नै प्रसिद्धि पनि कमाइरहेकी छन् । कोरोना महामारीका बेलामा उनले पहिलोपटक बडी बिल्डिङबाट आफू खुसी हुन सक्छु भन्ने महसुस गरिन् । ओडिटी सेन्ट्रलको रिपोर्टका अनुसार ज्याकी कर्न पहिलेदेखि नै किक बक्सिङ गर्थिन् । किक बक्सिङ गर्दा उनी बलियो तर थकित भएको महसुस गर्थिन् ।
पछि उनले सकेसम्म धेरै स्वास्थ्यवद्र्धक खानेकुरा खान थालिन् । कोभिडको समयमा उनले आफू मोटी देखिए पनि कुनै समस्या नभएको महसुस गरिन् । बिस्तारै उनले आफ्नो तौल बढाएर दोब्बर बनाइन् अनि आफ्नो मांसपेशी बनाउन तौल उठाउन थालिन् । उनको ज्यान देखेर मानिसहरू राम्रा नराम्रा सबै खाले टिका टिप्पणी गर्छन् । तर उनी नकारात्मक टिप्पणी बेवास्ता गर्छिन् । कतिपय नराम्रा कमेन्ट डिलिट नै गरिदिन्छिन् ।
कर्नले बाइसेप्स बनाउन तपाईं हामीले कल्पना नै गर्न नसक्ने गरी मेहनत गर्ने गरेकी छिन् । आफूलाई लेडी हल्क बताउने कूर्नले हरेक दिन १०० पुश अप र २५० सिट अप गर्छिन् । २ घण्टाको स्ट्रेन्थ ट्रेनिङ पनि गर्छिन् । यसमाथि १५० केजीको डेडलिफ्टिङ, २०० केजीको बेन्च प्रेस र १०० केजीको स्क्वाट्स गर्छिन् । यसबाहेक उनी ४५० केजीसम्म लेग प्रेस गर्न सक्छिन् । पुरुष बडी बिल्डरका लागि पनि यो सङ्ख्यामा व्यायाम गर्न गाह्रो पर्न सक्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपाधि छिनोफानोको मुखैमा नराम्ररी हार्यो एटलेटिको मड्रिड
-
सरकारले सगरमाथा दिवस साताव्यापी कार्यक्रम गरेर भव्य रूपमा मनाउने
-
मध्यराति काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा हावाहुरीसहितको वर्षा
-
१२ बजे, १२ समाचार : टेरामक्स प्रकरणमा ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दादेखि पेट्रोलियम पदार्थको मूल्य घट्योसम्म
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा