गजल
शनिबार, १७ चैत २०८०, १७ : ४४

काम, क्रोध, लोभ, मोह, जलाउँदै उठ
अन्तर्मनमा ज्ञानको तरबार, चलाउँदै उठ
उकुसमुकुस अहङ्कार यो, दुःखदायी संसार
अहङ्कारका लप्काहरू, गलाउँदै उठ
छेकबार छैन यहाँ, संसार जित्न सक्छौ
प्रेम, सद्भाव, करण फल, फलाउँदै उठ
भ्रष्टाचारी, तस्करीको, बिगबिगी छ यहाँ
तिनका एक–एक साम्राज्यलाई, ढलाउँदै उठ
मुखमा रामराम बगलीमा, छुरा बोक्छन् यहाँ
तिनका हजार षडयन्त्रलाई, छलाउँदै उठ
अर्को हैन यही जन्ममा, मुक्त हुनुपर्छ
सपनाका लाखौँ मुना, पलाउँदै उठ
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको बेनी नगरपालिकामा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम
-
आईपीएल : पुछारमै थन्कियो चेन्नई, हैदरावाद उक्लियोआठौं नम्बरमा
-
झापाको मेचीनगर नगरपालिकामा अनुगमन तीब्र, खाद्य उद्योगलाई जरिवाना
-
१२ बजे, १२ समाचार : डाबरद्वारा राज्यको सम्पत्ति दोहनदेखि नागरिक उन्मुक्ति पार्टी र जनमतबीच एकताका लागि बोलाइयो बैठकसम्म
-
गायक नवीन के भट्टराई ब्यान्डसहित लन्डनमा
-
नागरिक उन्मुक्ति पार्टीले बोलायो केन्द्रीय समिति बैठक