बाल्टिमोरमा भागवत सप्ताह : समाजसेवी केसीले दिए ७० हजार डलर चन्दा, कलश यात्रा अभूतपूर्व
मेरिल्यान्ड । अमेरिकाको मेरिल्यान्ड राज्यको बाल्टिमोरमा स्थापित हिन्दु बुद्ध मन्दिरमा मार्च ३० शनिबार देखि अप्रिल ६ सम्म प्रारम्भ भएको मेरिल्यान्ड आध्यात्मिक महोत्सव –श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ”मा बाल्टिमोरका समाजसेवी नरेश केसीले मन्दिर निर्माणको लागि ७० हजार डलर चन्दा दिएका छन् ।
केसीले शनिबारदेखि सुरु भएको श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सार्वजनिक रूपमा त्यति रकम दिने घोषणा गरेका हुन् ।उनले विगतमा हिन्दु बुद्ध मन्दिरलाई ५५ हजार डलर दान दिई सकेका छन् । यो मन्दिरलाई कूल १२५ हजार डलर दिने केसी अहिले सम्म कै सर्वाधिक उच्च चन्दा दिने व्यक्ति भएका छन् ।
उनले वाचन प्रवीण दीनबन्धु पोखरेलले सुरु भएको श्रीमद भागवत ज्ञान महायज्ञमा भागवत बारेमा मात्र प्रकाश पार्दै गर्दा केसीले बिचमै ७० हजार डलरको घोषणा गरेका हुन् । उनले चन्दा दिए पछि खुसी हुँदै नाचेका थिए ।
मेरिल्यान्ड आध्यात्मिक महोत्सवमा अद्वितीय रूपमा कलश यात्रा सम्पन्न गरियो। सप्ताह महापुराणमा ५०१ वटा कलश सबै समुदायले १०१ डलर तिरेर आफै सुरक्षित गरेका छन् । मन्दिरको प्रवचन कक्ष नजिक सजावट गरी कलश नै राख्ने अभिप्रायले निर्माण गरिएको स्थलमा कलश यात्रा पछि सोही स्थानमा ७ दिन सम्मको लागि राखिएको छ ।
कलश यात्रा पछि औपचारिक कार्यक्रम गरिएको थियो । उक्त औपचारिक कार्यक्रममा काउन्टीका विशेष अतिथि, ललितपुर महानगरका नगर प्रमुख चिरिबाबु महर्जन ,महावाणिज्यदूत प्रेम राजामहत ,वाचन प्रवीण दीनबन्धु पोखरेल,मन्दिरका अध्यक्ष डा श्याम कार्की ,उपाध्यक्ष क्रिस घिमिरेले मन्तव्य राखेका थिए ।
औपचारिक कार्यक्रम पछि केही समय विश्राम पश्चात् वाचन प्रवीण दीनबन्धु पोखरेलले भागवतको विशेष मात्र प्रकाश पार्दै भागवत कथा भोली मार्च ३१ देखि सुरु गर्ने श्रद्धालु भक्तजनलाई बताए ।
लगातार ७ दिनसम्म प्रवचन कथा हुने छ । हरेक दिन दिउसो २ बजे देखि कथावाचन हुने भएको छ । नेपालको पुरातात्त्विक महत्त्व झल्किने स्वागतद्वार निर्माण गरिएको छ ।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञमा सहभागी हुन हुने भक्तजनहरूका लागि हिन्दु बुद्ध मन्दिर, महायज्ञ व्यवस्थापन समितिले प्रसाद वितरणको पनि प्रबन्ध गरेको छ ।
श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको पहिलो दिन दिव्य कलशयात्रा सहित विभिन्न समुदाय तथा अमेरिकाको मौलिक इन्डियन अमेरिकीहरुको समेत सामूहिक झाँकी रहेको थियो ।
बिहानै देखि हजारौ सवारीसाधनहरूलाई व्यवस्थित रूपमा राख्ने स्थलको व्यवस्थापन मिलाइएको थियो भने अन्तिम प्रवचन सम्म श्रद्धालु भक्तजनहरूले भजनमा नाचगानमा सहभागिता जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने र छविलाल जोशी विरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
-
आफ्नै कर्मचारीको जासुसी गरेको भन्दै एप्पलविरुद्ध मुद्दा
-
नेपाल-चीन बिजनेस समिट : विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिबद्धता
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
लुम्बिनी लायन्स भर्सेस विराटनगर किङ्स : अन्तिम ओभरसम्मको रोमाञ्च
-
विभिन्न जिल्लामा ४ जना मृत अवस्थामा फेला