खखडेहरा पर्वका अवसरमा सुदूरपश्चिममा सार्वजनिक बिदा
_3HzU05LB3H.jpg)
धनगढी । नेपालको कैलाली र कञ्चनपुर जिल्लामा बसोबास रहँदै आएको आदिवासी रानाथारु समुदायले खखडेहरा पर्व मनाउँदैछन् ।
एक महिना ८ दिनसम्म मनाइने होरी पर्वको अन्तिम दिन सोमबार रानाथारु समुदायले खखडेहरा पर्व मनाउँछन् । सो अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले सोमबार सार्वजनिक बिदा दिएको हो ।
रानाथारु समुदायले फागुन १२ गते पूर्णिमाको रातिदेखि होरी मनाउन थालेको हो । २ चरणमा होरी मनाउने प्रचलन रहेको यो समुदायले पहिलो चरण अन्तर्गत फागुन पूर्णिमा (१२ गते) देखि चैत पूर्णिमा (१२ गते) सम्मको अवधिमा जिउँदो होरी र त्यसपछिको ८ दिन मृत होरी मनाएको हो ।
धनगढी उपमहानगरपालिका–७ देवहरियाका बुद्धिजीवी तथा शिक्षक नन्दलाल रानाले होरी मनाउने विधिवारे प्रकाश पार्दै भने, ‘फागुन पूर्णिमाको राति गाउँको दक्षिणी सिमानामा पूजापाठ गरेर त्यहाँ ७ ओटा कन्डा (गुइँठा) छोड्छौँ, त्यसपछि होरीको सुरुवात हुन्छ ।’
गाउँको दक्षिणी सिमानामा एक महिना पहिलै छोडिएको गुइँठा चैत पूर्णिमाको राति पराल र तोरीको पिजाईसहित जलाइने उनले बताए ।
होरीको अन्तिम दिनको बिहानै सबै गाउँले मिलेर माटोको गोलीलाई सिन्कामा उनेर गाउँको दक्षिणी सिमानामा भेला हुन्छन् । ती माटाका गोलीलाई यो समुदायमा खखडेहरा भन्ने गरिन्छ । गाउँको भर्रा (पुजारी) ले विधिवत् रूपमा पूजापाठ गरिसकेपछि ती खखडेहरालाई फुटाएर होरीको विधिवत् विसर्जन गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केसरी- २ को पहिलो दिनको कमाइले अक्षयलाई राहत
-
शीर्ष स्थानमा रहेको दिल्लीलाई गुजरातको चुनौती
-
बद्रीनाथनजिकै आफ्नो नाममा मन्दिर रहेको उर्वशीको दाबीपछि हंगामा
-
विवादपछि ‘जाट’ बाट विवादास्पद दृश्य हटाइयो, निर्माताहरूले मागे माफी
-
प्रधानमन्त्री र सभामुखसँगको छलफलपछि महासंघको बैठक बस्दै
-
प्रविधिमैत्री बन्दै कामपाका विद्यालय