शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बर्दियाबाट ६ किलो चरेशसहित महिला पक्राउ

सोमबार, १९ चैत २०८०, १३ : ५९
सोमबार, १९ चैत २०८०

काठमाडौँ । सशस्त्र प्रहरीले बर्दियाको बढैयाताल गाउँपालिका–२ स्थित सीमा इलाकाबाट चरेशसहित एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीया आशा राई छिन् । 

उनको साथबाट ६ किलो चरेश बरामद गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । दाङको लमही नगरपालिका–१ बस्ने राईलाई चरेश बोकेर भारतर्फ जाँदै गरेको अवस्थामा बीओपी फुटाहाबाट खटिएको सशस्त्रको टोलीले नियन्त्र णमा लिएको हो ।

१२ वटा प्याकेट बनाएर शरीरमा बाँधेको अवस्थामा उनलाई पक्राउ गरेर स्थानीय प्रहरीलाई जिम्मा लगाइएको डीएसपी थापाले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप