अमेरिकामा हिमानी, क्यालिफोर्नियाको मुक्तिनाथ धाममा पूजाआजा
सोमबार, १९ चैत २०८०, १६ : ०८

क्यालिफोर्निया । पूर्व युवराज्ञी हिमानी शाह हाल अमेरिका भ्रमणमा छिन् । अमेरिका पुगेको अवसरमा उनले रिचमन्डमा केही अघिमात्र प्राणप्रतिष्ठा सम्पन्न भएको मुक्तिनाथ धाममा पूजाआजा गरेकी छन् ।
सो अवसरमा नेपालीहरूले आफ्नो धार्मिक परम्परा कायम राखेकोमा उच्च सराहना गर्दै उनले मुक्तिनाथ धाममा पूजाअर्चना गर्न पाएकोमा खुसी व्यक्त गरिन् । आइतबार नर्दन क्यालिफोर्नियास्थित रिचमण्डमा रहेको मुक्तिनाथ धाममा आयोजित विशेष धार्मिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रवासी भूमिमा पनि धार्मिक सहिष्णुता झल्कने गरी गरिएको कार्यक्रमलाई आफूले हृदयमा राखेको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
काभ्रे बहुमुखी क्याम्पसमा नेविसंघ नेतृत्वको प्यानल नै विजयी