संवैधानिक परिषद्ले माग्यो समावेशी आयोगको अध्यक्ष र महिला आयोगको सदस्यमा दरखास्त
मङ्गलबार, २० चैत २०८०, ०८ : ३७

काठमाडौँ । संवैधानिक परिषद्ले राष्ट्रिय समावेशी आयोग र राष्ट्रिय महिला आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ ।
एक सार्वजनिक सूचना जारी गर्दै परिषद्ले समावेशी आयोगमा अध्यक्ष पद र महिला आयोगको सदस्य पदका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आफ्नो विवरण संलग्न गरी १५ दिनभित्र आवेदन दिन परिषद्ले आग्रह गरेको छ ।