आइतबार, १८ कात्तिक २०८१
ताजा लोकप्रिय

माओवादी संसदीय दलको बैठक सकिने बित्तिकै यामलाल कँडेल पुनः मुख्यमन्त्री निवासमा

मङ्गलबार, २० चैत २०८०, १८ : ५८
मङ्गलबार, २० चैत २०८०

सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलका नेता यामलाल कँडेल तेस्रो पटक मुख्यमन्त्री राजकुमार शर्माको निवासमा प्रवेश गरेका छन् । 

अपराह्न साढे चार बजेदेखि चलेको माओवादी संसदीय दलको बैठक सकिने बित्तिकै नेता कँडेल पुनः मुख्यमन्त्री निवास छिरेका हुन् । 

दिउँसो एमाले प्रदेश इन्चार्ज लेखराज भट्टको साथमा त्यहाँ पुगेका कँडेलले अहिले दलका प्रमुख सचेतक टेकराज पछाईलाई लगेर मुख्यमन्त्री निवास पुगेका हुन् । मुख्यमन्त्री निवासमा माओवादीका प्रभावशाली नेता महेन्द्रबहादुर शाही, प्रदेश इन्चार्ज कालिबहादुर मल्ल, मुख्यमन्त्री शर्मा र माओवादी प्रदेश अध्यक्ष विमला केसी छन् । 

माओवादी संसदीय दलको बैठकले बुधबार जसरी हुन्छ विश्वासको मत लिने र त्यसपछि नेतृत्व हस्तान्तरण गरिने निर्णय गरेको छ  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप