शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कालीमाटी बजार विकास समितिमा व्यवसायीको प्रतिनिधि छानिए

मङ्गलबार, २० चैत २०८०, १९ : ४७
मङ्गलबार, २० चैत २०८०

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा व्यवसायीको प्रतिनिधि छानिएका छन् । ११ जना सदस्य रहने विकास समितिमा व्यवसायीबाट मंगलबार ३ जना प्रतिनिधि छानिएका हुन् । 

प्रतिनिधि छानिनेमा कमल अर्याल, संचिता पाठक र रामशरण रिजाल रहेका छन् । 

अर्यालले २१७ मत प्राप्त गरे । पाठकले २०५ मत ल्याइन्  र रमशरण रिजाल १६० मत पाएका छन् । ३ जना प्रतिनिधिका लागि ११ जनाको उम्मेदवारी परेको थियो ।  

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तथा निर्वाचन समितिका संयोजक डा. महादेव प्रसाद पौडेलका अनुसार उम्मेदवार बन्नेमा ३ महिला र ८ पुरुष थिए । जसलाई ५८६ व्यवसायीले भोट गरेका थिए । धेरै भोट प्राप्त गरेकाहरू व्यवसायीको प्रतिनिधि छानिएका हुन् । यसमध्ये ५४२ जना कालीमाटी बजारको र ४४ जना बालाजु तरकारी बजारका व्यवसायी थिए । चुनिएका सदस्यको दुई वर्ष कार्यकाल छ ।

सो समितिमा ११ जना रहने व्यवस्था छ । समितिको अध्यक्षमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव रहने व्यवस्था छ । 

यस्तै, एक जना सदस्य सचिव हुने व्यवस्था छ । सदस्य सचिवमा कालीमाटी बजारका कार्यकारी निर्देशक रहने नियम छ । 

यस्तै, नौ जना सदस्य हुन्छन् । सदस्यमा एक जना कृषि विभागका सहसचिव,  एक जना काठमाडौँ महानगरपालिका वडा नं. १३ का वडा अध्यक्ष, तीन जना व्यवसायी, एक जना कर्मचारी स्वतन्त्र युनियनको पदाधिकारी र कृषि मन्त्रालयले चुनेका तीन जना कृषक प्रतिनिधि हुन्छन् । 

मन्त्रालयका सहसचिव, विभागका उपसचिव, कालीमाटी बजारका कार्यकारी निर्देशक र वडा अध्यक्ष गरी ४ जनाको पद निरन्तर हुन्छ भने अन्य ७ जना पदाधिकारीको दुई वर्ष कार्यकाल हुने डा.पौडेलले बताए ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप