नेपा: मण्डल स्थापनाका लागि राजेन्द्र महतोले प्रदर्शन गर्ने
शुक्रबार, २३ चैत २०८०, १३ : ५७

काठमाडौँ । राजेन्द्र महतोले नेतृत्व गरेको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले शनिवार काठमाडौँमा प्रदर्शन गर्ने भएको छ । अभियान अन्तर्गतको स्वनिम: उपत्यका विशेष ब्युरो, नेवा: राष्ट्रिय परिषद्ले नेपा: मण्डल सहित बहुलराष्ट्रिय राज्य नेपाल स्थापना लागि सो प्रदर्शन गर्न लागेको अभियानका नेता केशव झाले बताए ।
विश्वकै प्राचीन सभ्यता मध्येको एक नेवा: सभ्यतालाई समाप्तिको संहारमा पुर्याएको कारण नेवा: राष्ट्र आफ्नै ठाउँबाट विस्थापित हुँदै गइरहेको कारण त्यसलाई बचाउनका लागि प्रदर्शन गर्नुपरेको नेता झाको भनाइ छ ।
नेवा: भूमि, भौतिक र अभौतिक संस्कृतिहरू, भूक्षेत्र, श्रोतहरू समाप्त भइरहेको उल्लेख गर्दै नेता झाले नेवा: सम्पदाहरू मासेर नेवाःलाई औपनिवेशिकता विस्तार गर्ने अखडाहरू खडा गरेको गुनासो गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भ्यालेन्टाइन डेमा सिंगल नै हुनुहुन्छ ? छन् यति धेरै फाइदा
-
भ्यालेन्टाइन्स डेमा उपहार होइन, यी बानीमार्फत् जित्न सकिन्छ पार्टनरको मन
-
गीतसंगीतमा कपीराइट उल्लंघन भयावह
-
आज कुन तरकारी र फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
‘हाम्रो देशमा कपीराइट भनेकै बुझेनन्’
-
फ्राइडे रिलिज : देशभर भिड्दै ‘दुखी आत्मा’ र ‘रंगी’