सुदूरपश्चिममा कांग्रेस, समाजवादी र नाउपाको अलग्गै समझदारी

धनगढी । सुदूरपश्चिममा प्रदेश सरकार निर्माणको लागि कांग्रेस, समाजवादी र नाउपा रेशम पक्षको अलग्गै समझदारी बनेको छ । कांग्रेस संससदीय दलका नेतासमेत रहेका कामचलाउ मुख्यमन्त्री कमलबहादुर शाहले सहमतिपत्रमा हस्तक्षर गरी मुख्यमन्त्रीका लागि नाउपाका लक्ष्मण किशोरलाई सार्ने जानकारी रातोपाटीलाई दिए ।
समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नाउपा संसदीय दलका नेता घनश्याम चौधरी, कांग्रेस संसदीय दलका नेताबिच समझदारी बनेको शाहले बताए । यहाँ बहुमत सरकार निर्माणको लागि २६ सिट भए पुग्छ । काग्रेसको १८, समाजवादीको ४ नाउपा (रेशम) ४ गरी २६ पुग्छ ।
यहाँ बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना चाहिन्छ । तर ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको हालै नाउपाको इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ जना भए पुग्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपिनको कप्तानीमा नेपाली यू–१६ क्रिकेट टोलीको घोषणा
-
बजेटको बुँदा नम्बर २२७ ले ऊर्जा क्षेत्रलाई समाप्त पारिदियो : सांसद शर्मा
-
लर्ड्समा नेपाली क्रिकेट टोलीले निकालेको त्यो ऐतिहासिक जीत
-
अदालत गन्हाइरहेको छ, सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको छः सांसद सुनार
-
कोशी प्रदेशका मन्त्रीले किन कुटे एकीकृत समाजवादीका नेता ?
-
नहर बनाएर बाढी नियन्त्रण