नेकपाका महासचिव विप्लवले किन बोलाए केन्द्रीय समिति बैठक ?

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठक केन्द्रीय कार्यालय कपिलवस्तुस्थित शिवगढीमा वैशाख ५–७ बस्ने स्थायी समिति सदस्य अनिल शर्मा विरहीले जानकारी दिए ।
विरहीका अनुसार पार्टीको ६ महिनामा गरेको कामको समीक्षा, आगामी योजना, समसामयिक राजनीतिक घटनाक्रम, वामपन्थीबिच धु्रबीकरण विषयमा छलफल हुनेछ । त्यसअघि केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न सोमबार स्थायी समिति बैठक बोलाइएको उनले जानकारी दिए ।
‘केन्द्रीय समितिको प्रस्ताव तय गर्न तीन गते स्थायी समिति बैठक बोलाइएको छ । चार गते पोलिटब्युरो बैठक बोलाइएको छ । बैठकले ६ महिनामा पार्टीले गरेको कामको समीक्षा र आगामी योजना तय गर्नेछ । यो बैठक नियमित बैठक भएपनि पछिल्लो राजनीतिक अवस्था र वामपन्थीबिच एकताको विषयमा पछि छलफल हुनेछ’, रातोपाटीसँग उनले भने ।
वामपन्थीबिच पार्टी एकताका विषयमा शीर्ष तहमा छलफल भएपनि निष्कर्षमा नपुगेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी युवती जो १० मिनेट ढिला हुँदा एयर इन्डियाको विमान चढ्न पाइनन्
-
विमान दुर्घटनामा पूर्वमुख्यमन्त्री रुपाणीको मृत्यु
-
‘सिट ११ए’ का यात्रु जो विमान दुर्घटनामा बाँचे
-
एयर इन्डियाको विमान दुर्घटनामा कम्तीमा २०४ जनाको मृत्यु
-
बिक्रीको डेढ दशकपछि किर्ते कागज खडा, पीडित नै अपहरण शैलीमा पक्राउ
-
अहमदाबाद विमान दुर्घटना : विमानस्थल पुनः खुल्यो