सैनिक प्रवक्ताको जिम्मेवारी केसीलाई हस्तान्तरण

काठमाडौँ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशक एवं नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायकरथी गौरवकुमार केसीले सम्हालेका छन् ।
यसअघिका प्रवक्ता एवं सहायकरथी कृष्णप्रसाद भण्डारीले सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयमा सोमबार आयोजित कार्यक्रममा सहायकरथी केसीलाई औपचारिकरुपमा प्रवक्ताको कार्यभार हस्तान्तरण गरेका हुन् ।
त्यसअवसरमा सहायकरथी भण्डारीले प्रवक्ताको जिम्मेवारीमा रहने क्रममा आमसञ्चार जगतका सबै सञ्चारगृह, प्रकाशक, सम्पादक र विशेषगरी रक्षासँग सम्बन्धित विटमा कार्यरत पत्रकारबाट भएको सद्भाव, शुभेच्छा र सहयोगका लागि आभार व्यक्त गरे ।
सोमबार प्रवक्ताको जिम्मेवारी पाउनुभएका केसीले नेपाली सेना र आमसञ्चार जगतबिचको सम्बन्ध र सहयोग आगामी दिनमा थप प्रगाढ र सुमधुर रहने विश्वास व्यक्त गरे । प्रवक्ता केसी यसअघि पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख थिए भने सहायकरथी भण्डारीको सैनिक अभिलेखालयमा सरुवा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय
-
पर्यटक लोभ्याउँदै लालीगुराँस, तस्बिरहरू
-
बच्चालाई आमाबाबुसँग सुताउने कि अलग्गै ?
-
राष्ट्रपति पौडेलसहित उच्चपदस्थ व्यक्तिलाई बाँसका कुर्सी र टेबल उपहार
-
भावी पुस्ताका लागि पानीको रक्षा गरौँ : भारतीय प्रधानमन्त्री मोदी
-
इरानको विश्वास जित्ने प्रयास गर्दै अमेरिका