रातोपाटीमा भोलिदेखि ‘उथलपुथल’
काठमाडौँ । डिस्कवरी न्युज नेटवर्कले भोलि (वैशाख ५) देखि रातोपाटी टीभीमार्फत हरेक बुधवार साँझ ६ बजे ‘उथलपुथल’ कार्यक्रम ल्याउने भएको छ ।
गहिरो अनुसन्धान गरी विश्वमा भएका राजनीतिक आन्दोलन र सङ्घर्षका कथाहरू समेटिएको २० देखि ३० मिनेट अवधिको यस कार्यक्रमलाई आकर्षक ढङ्गले निर्माण गरिएको छ ।
सकेसम्म धेरै ग्राफिक्स प्रयोग गरी कार्यक्रमलाई आकर्षक र रोचक बनाइएको छ । उत्कृष्ट स्क्रिप्ट, टेलिभिजनमा परिचित होस्टका कारण कार्यक्रम राजनीतिमा प्रत्यक्ष चासो राख्ने विभिन्न पार्टीका करिब ४० लाख सदस्यहरू र नेपालबाहिर रहेका नेपालीका लागि रुचिकर हुने विश्वास नेटवर्कले गरेको छ ।
उथलपुथलकारी सङ्घर्ष सम्बन्धी राजनीतिक कार्यक्रम भिडियो शृङ्खलामा विश्व क्रान्तिको इतिहास खोतल्ने प्रयास गरिएको छ । राजनीतिक, आर्थिक, सामाजिक र सैन्यपुरमा परिवर्तनशील विश्वलाई देखाउने र बुझाउन यो कार्यक्रम ल्याइएको नेटवर्कले जनाएको छ ।
‘हामीले रोममा दासहरूले गरेको इतिहासकै पहिलो विद्रोह, अमेरिकी स्वतन्त्रता सङ्ग्राम, राजालाई फाँसी दिने बेलायती क्रान्ति, रुसको अक्टोबर क्रान्ति र चिनियाँ क्रान्तिलगायत विश्व राजनीति इतिहासका महत्त्वपूर्ण १२ वटा ठुला क्रान्ति र सङ्घर्षहरूको नालीबेली बताउने छौँ’ नेटवर्कले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखाको गौरिशंकर गाउँपालिकामा माओवादीको अग्रता
-
एउटा वडा अध्यक्ष जितेको रास्वपाले ११ ठाउँमा ५० मत पनि कटाउन सकेन
-
स्थानीय तह उपनिर्वाचन : एमालेलाई एक अध्यक्ष र एक उपाध्यक्ष बोनस !
-
सभामुखको राजीनामा माग्दै जनमतले भन्यो– ‘नश्लवादी निर्णय नसच्याए संसद् चल्दैन’
-
५७४ किलोमिटर नयाँ पाइपलाइनको अन्तिम परीक्षण सम्पन्न
-
१५ स्थानमा उम्मेदवारी दिएको एकीकृत समाजवादीको कहाँ कति मत आयो ?