फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा
_tHaf4VueVO.png)
काठमाडौँ । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ निर्माणको घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय रहँदै आएको सेभेन सिज इन्टरटेनमेन्टले शुक्रबार मोसन पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माण घोषणा गरेको हो ।
सेभेन सिज सिनेमाज्को प्रस्तुतिमा बन्न लागेको फिल्मलाई विसं. २०८२ सालभित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । फिल्मको सार्वजनिक मोसन पोस्टरमा सारङ्गीको मिठो धुन अनि पहाडको बाटो । अगाडि बुढो रुख नजिकै देखिन्छन्, एक व्यक्ति । जसले काँधमा झुन्ड्याएको छ सारङ्गी । पोस्टरबाट फिल्मले सारङ्गी बजाउँदै हिँड्ने गाइने समुदायको बाध्यता र सन्तानप्रतिको त्यागको कथा उठाउन लागेको अनुमान गर्न सकिन्छ ।
विनोद पौडेल र प्याट्रिक सुवेदीको लगानी रहने यो फिल्मलाई सरोज पौडेलले लेखन तथा निर्देशन गर्दैछन् । रमेश चौंलागाई र हरि श्रेष्ठ कार्यकारी निर्माता रहेको फिल्ममा महेश दवाडीको पटकथा तथा संवाद प्रशान्त सिवाकोटीको संगीत रहनेछ । फिल्मको अन्य युनिट र कलाकार छिट्टै सार्वजनिक गर्ने निर्माण युनिटले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनकुमारी
-
दलितको घर भत्काएको प्रकरण स् प्रहरी कार्यालयभित्र पञ्चायती, पीडितलाई मिलापत्र गर्न फकाइँदै
-
‘शिक्षा’ शक्तिशाली साधन होः गृहमन्त्री लेखक
-
बाबुराम, सिके र रेशम चौधरी नेतृत्वको पार्टीबिच एकता गर्ने तयारी
-
मजगैयाँको गजल गीत ‘के छ ओइ सान्नानी’मा सुधिर र उषाको अभिनय
-
पर्यटक लोभ्याउँदै लालीगुराँस, तस्बिरहरू