ट्राफिक प्रहरीको लापसे चेकिङ : ५ जना चालक नियन्त्रणमा

काठमाडौँ । लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालक पक्राउ परेका छन् । काठमाडौँको नागढुङ्गाबाट लागुपदार्थ सेवन गरी सवारी साधन चलाउँदै गरेका ५ जना चालकलाई शुक्रबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
कर्णाली प्रदेश ०२-००१ ख ०४४४ नम्बरका बस चालक सुर्खेतको भेरीगंगा नगरपालिका ९ का ३० वर्षीय अविरल प्रेम वि।क, बागमती प्रदेश ०१-००६ ख ६३४९ नम्बरका माइक्रो चालक तनहुँको आँबुखैरेनी नगरपालिका ६ का २२ वर्षीय इन्द्र बहादुर गुरुङ, बा३ख ८१६३ नम्बरका माइक्रो चालक चितवनको भरतपुर महानगरपालिका ८ का ३३ वर्षीय धुर्व बस्याल, बा२ख ३९१ नम्बरका माइक्रो चालक धादिङको गंगा जमुना गाउँपालिका ६ का २४ वर्षीय रमेश वि।क। र बागमती प्रदेश ०१-०२९ च २८ १३ नम्बरका माइक्रो चालक तनहुँको म्याग्दे गाउँपालिका १ का २२ वर्षीय सलन सुनारलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुङगाको संयुक्त टोलीले चेक गर्दा लागुपदार्थ सेवन गरी सवारी साधन चलाइरहेको अवस्थामा फेला परेका उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त थानकोट पठाइएको छ ।
यात्रु बोक्ने जस्तो संवेदनशिल सवारी साधन चलाउने चालकलेनै लागुपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैंमा नियम बिपरीत तथा दण्डनीय कार्य भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
-
मदन–आश्रित हत्याकाण्डको छानबिन हुनुपर्छ : माधव नेपाल
-
शेखरको नजरमा यस्तो छ गभर्नर नियुक्तिमा चलखेल हुनुको कारण
-
धरहराबाट तीन करोड ७३ लाख सङ्कलन
-
सरकारका कमीकमजोरी भए सुधार गर्दै अघि बढ्छौँ : सभापति देउवा
-
‘मदन भण्डारीको योगदानको समीक्षा र कम्युनिस्ट एकता अपरिहार्य’