आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
शनिबार, ०८ वैशाख २०८१, ०९ : १३

काठमाडौँ । काठमाडौँका विभिन्न तीन वितरण केन्द्रका सम्बन्धित स्थानमा आज दिनभरजसो विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार शनिबार विभिन्न ठाउँका फिडरहरू सटडाउन गरेर मर्मत कार्य गर्न लागेकाले रत्नपार्क वितरण केन्द्रको अनामनगर, जोरपाटी वितरण केन्द्रको मुलपानी तथा डांछी फिडरअन्तर्गतका दक्षिणढोका क्षेत्रमा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
शनिबार बिहान साँढे सात बजेपछि नै अनामनगर धोबीखोलादेखि मैतीदेवी, घट्टेकुलो क्षेत्रमा साँझ ५ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले.जनाएको छ ।
मूलपानी फिडरअन्तर्गत विभिन्न स्थानहरूमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म र डांछी फिडरअन्तर्गत शिवचोक, दक्षिणढोका क्षेत्रमा बिहान १० बजेदेखि मध्याह्न साढे १२ बजेसम्म विद्युत् अवरुद्ध हुने प्राधिकरणले जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा भएको आतङ्कवादी हमलाको नेपाल सरकारद्वारा निन्दा
-
भीमदत्त राजमार्गमा मिनीट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
-
जम्मु–कश्मिरको पहलगममा आतंकवादी हमला, एक नेपालीसहित २६ जनाको मृत्यु
-
शंखरापुरमा पत्नीको हत्या गरेर भागेका आरोपी पक्राउ
-
‘कर्णालीमा आउन सचिवको लहर चलेको भनेर एमाले महासचिवले फन्टुस कुरा गरे’
-
कोशी प्रदेश योजना बैंकमा दैनिक हजार बढी योजना ‘इन्ट्री’