शुक्रबार, २१ मङ्सिर २०८१
ताजा लोकप्रिय

नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने

शनिबार, ०८ वैशाख २०८१, १० : ०२
शनिबार, ०८ वैशाख २०८१

काठमाडौँ । पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले बझाङको उपनिर्वाचनमा मतदान नगर्ने भएको छ । पार्टीको सचिवालय बैठकले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ को नीति अपनाउने निर्णय गरेको हो ।

नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम–२ मा भने पहिचानवादी उम्मेदवार डाकेन्द्र सिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

सचिवालय बैठकले वैशाख देखि भाद्रसम्म पार्टी महाधिवेशन तयारीका लागि सङ्गठन निर्माण र विस्तार अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।  त्यसैगरी  देश र जनताका जल्दाबल्दा सवालहरूलाई लिएर सङ्घ, प्रदेश र स्थानीय तहसम्म व्यापक अभियानहरू सञ्चालन गर्ने र  यसका लागि पार्टी प्रवक्ता कृष्ण शर्मा, सोनाम सिं स्याङतान र मानुषी यमि भट्टराई रहने गरी राजनीतिक संवाद समिति गठन गर्ने निर्णय पनि बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिए । 

437334008_2786361851502026_3800942004084574542_n

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप