फिल्म निर्देशक उत्सवले गरे विवाह
आइतबार, ०९ वैशाख २०८१, ०८ : ४४

काठमाडौँ । फिल्म निर्देशक उत्सव केसी विवाह बन्धनमा बाँधिएका छन् । उनले बुढानीलकण्ठ–४ लिपिकोटकी दुर्गा भण्डारीसँग शनिबार लगनगाँठो कसेका हुन् । भण्डारीसँग केसीले मागी विवाह गरेका हुन्।
नेपाल चलचित्र निर्देशक समाजका कार्यकारी सदस्य रहेका केसीले ‘सिमाना फिल्म र ‘रहरै भो’, ‘अब जे होला होला’, ‘एसिड नट् सोलुसन’, ‘गरिमा’ लगायत टेलिचलचित्र निर्देशन गरेका छन् ।
केसीले थुप्रै म्युजिक भिडियो निर्देशन तथा अभिनय गरेका छन् । उत्सव वरिष्ठ कलाकार उत्तम केसीका ज्येष्ठ सुपुत्र हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टर्कीमा हुने रुस–युक्रेनबिचको वार्तामा सहभागी हुने सोचमा छन् ट्रम्प
-
डेडिकेटेड र ट्रंक लाइनको विद्युत महसुल बुझाउने म्याद थपको सूचना पुनः जारी
-
द्वन्द्व रोक्न किन तम्सियो अमेरिका ?
-
प्रधानमन्त्री ओलीले शुभारम्भ गरे बनेपामा बन्ने फिल्म स्टुडियो ‘सिनेपाः’
-
यसअघि प्रधानमन्त्री हुँदा अहिलेको जस्तो पैसाको हाहाकार थिएन : प्रधानमन्त्री
-
रवीन्द्र मिश्र पक्राउ प्रकरण : सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर