सोमबार, १० असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

यस्तो छ ‘खजुरे ब्रो’ को गीत ‘मनि मनि’

आइतबार, ०९ वैशाख २०८१, ११ : २९
आइतबार, ०९ वैशाख २०८१

काठमाडौँ । वैशाख २८ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘खजुरे ब्रो’को ‘मनि मनि’ सार्वजनिक भएको छ । र्याप प्यार्टनमा तयार गीतमा ¥यापर कुशल पोखरेलको स्वर तथा शब्द रहेको छ । गीतमा संगीत भने केपासले दिएका छन् । 

बलिउड शैलीमा फिल्मको प्रोमोसन गर्ने उदेश्यले गीत तयार पारिएको निर्देशक सुरज सुनुवारले बताए । ‘खजुरे ब्रो’ अहिले चलिरहेका ट्रेन्डभन्दा फरक स्वादको रहेको उनको धारणा रहेको छ ।

गीतमा अभिनेत्री नीति शाहलाई पैसा उडाइरहेको देख्न सकिन्छ । उसो त फिल्मका कलाकार नवीन मानन्धरले पनि भिडियोमा पैसा उडाइरहेका छन् । रेअर राई, विनिता थापा मगर, महेश त्रिपाठी लगायतका कलाकार समेत भिडियोमा देख्न सकिन्छ ।

दिव्य दृश्य इन्टरटेन्मेन्टले मान्द्रो प्रोडक्सन तथा मल्टी प्रपोज प्रालिसँगको सहकार्यमा निर्माण गरेको फिल्ममा  निर्माता नविन मानन्धर तथा सुरज सुनुवार हुन् । सुनील श्रेष्ठ, अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । डायमण्ड उप्रेती कार्यकारी निर्माता रहेको ‘खजुरे ब्रो’ मा शिशिर विशंखेको छायाङ्कन रहेको छ भने सम्पादक मित्र डि गुरुङ हुन् । अनमोल गुरुङको संगीत रहेको फिल्मलाई रोहित रत्नको आरआर फिल्मस्ले वितरण गर्दैछ ।

फिल्ममा नीति शाह, रेअर राई, महेश त्रिपाठी, नवीन मानन्धर, विनिता थापा, पुस्कर कार्की, प्रकाश भुजेल, मनिष राउत, प्रेम सुब्बा, सुजाता राई, दिप चन्द्र राईलगायतका कलाकारहरुको अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप