‘मनसरा’ले मिश्रित समाजको कथा बोल्छ – अभिनेत्री मिरुना

काठमाडौँ । अभिनेत्री मिरुना मगरले फिल्म ‘मनसरा’ले मिश्रित समाजको कथा बोल्ने बताएकी छन् । चलचित्र पत्रकार संघ नेपाल कास्कीले शनिबार पोखरामा आयोजना गरेको एक पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले फिल्म सबैको रुचि ध्यानमा राखेर निर्माण भएको धारणा राखिन् ।
‘‘मनसरा’ समाजको रियल कथामा आधारित पनि रहेको छ । ‘जारी’मा दर्शकबाट पाएको माया स्वरूप ‘मनसरा’को आफ्नो भूमिकालाई पनि दर्शकले रुचाउनेमा आशावादी छु ’, उनले भनिन् ‘‘मनसरा’को भूमिकालाई आफूले सक्दो न्याय गरेको छु ।’
आगामी २१ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने फिल्म उपेन्द्र सुब्बा निर्देशन गरेका हुन् । फिल्म हाम्रो समाजको कथा भएको सुब्बाले बताए । भने ‘सामाजिक विषयवस्तु आफ्नो रुचिको विषय भएकाले पनि फिल्म मार्फत म सामाजिक कथा पेस गरिरहेको छु ।’
अभिनेता प्रवीण खतिवडाले मनसरा सोसल ड्रामा भएको बताए । श्रमिक, परिवारबाट बिछोड भएका मान्छेको कथालाई मनसरामा प्रस्तुत गरिएको उनले बताए । सामाजिक कथामा फिल्म निर्माण भएकाले परिवारले बसेर हेर्न मिल्ने बनाइएको भनाई उनको छ । उनी फिल्ममा साधारण कृषकको भूमिकामा देखिएका छन् ।
अभिनेत्री मेनुका प्रधान पनि मनसराबाट आशावादी देखिन्छन् । फिल्ममा आफ्नो भूमिकालाई दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् । सामाजिक कथा भएकाले फिल्म हेर्न हलसम्म पुग्न दर्शकलाई उनको आग्रह छ ।
कार्यकारी निर्माता सिजन दाहालले फिल्मको छायाङ्कन काठमाडौँ नजिकैको गाउँ ललितपुर स्थित सिमाखो र पाँचथरको गाउँमा भएको जानकारी गराए । उनका अनुसार उक्त गाउँका नागरिकहरू भाडामा बसेर खेती किसानी गर्छन् । लकडाउनको समयदेखि नै स्क्रिप्टको तयारी भएको र अहिले आएर फिल्म निर्माण गर्ने समय जुरेको उनले उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले कुलमान हटाउनुहुने थिएन : विश्वप्रकाश शर्मा
-
सरकारलाई बालेनको चेतावनी : तिमीहरूलाई टुकुचामा गाडिदिन्छु
-
प्रचण्डले भने- कुलमान हटाएको समाचार असत्य साबित होस् !
-
कलङ्की घटना : दुई समूहबिच झडप हुँदा मृत्यु हुने युवकको सनाखत
-
कलङ्कीमा दुई समूहबिच झडप, एक जनाको मृत्यु
-
‘जनताले राम्रो मानेकाहरूलाई दुःख दिन सफल भएकोमा सरकारलाई बधाई’