कामना सेवाद्वारा गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम
आइतबार, ०९ वैशाख २०८१, १३ : २७

काठमाडौँ । कामना सेवा विकास बैंकले शनिबार पोखराको गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मेडिकल कलेजका करिब २०० जना डाक्टर तथा विद्यार्थीहरूलाई वित्तीय साक्षरता दिइएको हो ।
कार्यक्रम पश्चात् गण्डकी मेडिकल कलेज र कामना सेवा विकास बैंकबिच सेवा छुट सम्बन्धी समेत सम्झौता भएको छ । उक्त सम्झौता पश्चात् कामना सेवा विकास बैंकका कर्मचारी, शेयरधनी तथा ग्राहकहरूले सेवा उपभोग गर्दा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकको मोबाइल बैंकिङ्ग सेवा तथा कार्डबाट भुक्तानी गर्दा उक्त छुट प्राप्त गर्न सकिनेछ । उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिनेश थकाली र गण्डकी मेडिकल कलेजका प्राचार्य डा.रवीन्द्र प्रसाद श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशले आलु र धागो निर्यातमा रोक लगाउँदा नेपाललाई पर्दैन असर
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
मुग्लिन–पोखरा सडक : दमौली बजारमा धमाधम कालोपत्र हुँदै
-
कालीगण्डकी डाइभर्सनविरुद्ध तल्लो तटीय क्षेत्र, १० पालिकाको विरोध
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
झापाका किसान गहुँ खेती छोडेर मकैतर्फ आकर्षित