वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : कर्णालीले सजिलै हरायो मधेस प्रदेशलाई
काठमाडौँ । वीर गणेशमान सिंह टी–२० राष्ट्रिय क्रिकेट च्याम्पियनसिपको आइतबार खेलिएको दोस्रो खेलमा कर्णाली प्रदेशले मधेस प्रदेशलाई ६ विकेटले हराएको छ । वीर गणेशमानसिंह स्पोर्टस कमिटीद्वारा आयोजित प्रतियोगितामा कर्णाली प्रदेशको यो दोस्रो जित हो ।
एक खेलमा भने कर्णाली प्रदेश पराजित भएको थियो । चार खेल खेलेको मधेस प्रदेशको भने यो दोस्रो हार हो । दुई खेलमा मधेस प्रदेश विजयी भएको थियो । काठमाडौँस्थित मुलपानी क्रिकेट मैदानमा खेलिएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको मधेस प्रदेशले निर्धारित ओभरमा नौ विकेट गुमाएर एक सय २० रन बनाएको थियो ।
मधेस प्रदेशका लागि मयान यादवले ३६ रनको योगदान गरे । उनले ३२ बलमा एक छक्का र चार चौका पनि हिर्काएका थिए । विशाल पटेलले पनि टोलीको खातामा अविजित ३२ रन थपेका थिए । उनले १९ बलमा चार चौका हिर्काए ।
प्रदीप पासवानले १८ र कप्तान राहुल मण्डलले ११ रन बनाएका थिए । मधेस प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णाली प्रदेशका बलर युनिस ठकुरीले दुई तथा दिवान पुन, दीपेन्द्र रावत, दिनेश अधिकारी र प्रकाश जैसीले एक–एक विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले १५।३ ओभरमै केवल चार विकेट गुमाएर विजयलक्ष्य पुरा गर्यो । कर्णाली प्रदेशका लागि ओपनर ब्याट्सम्यान विपिन रावलले ४१ रनको योगदान गरे । उनले ४० बलमा दुई छक्का र दुई चौका पनि हिर्काए ।
हिमांशु शाहीले पनि टोलीका लागि अविजित ३२ रनको योगदान गरे । आक्रामक रूपमा प्रस्तुत भएका हिमांशुले केवल १३ बलमा दुई छक्का र दुई चौका हिर्काएका थिए । विपिन शाहीले १७ र ओपनर रविन्द्र शाहीले १४ रन बनाए । मधेस प्रदेशका बलर प्रदीप पासवान र अभिषेक तिवारीले दुई-दुई विकेट लिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा माघीको रौनक
-
१२ बजे, १२ समाचार : २५ जना प्रहरीको एसएसपी बढुवाका लागि सिफारिसदेखि रविको फेरि हिरासतकै बाससम्म
-
किशोर अपहरणमा संलग्न अभियोगमा एक भारतीयसहित तीन पक्राउ
-
श्रीमतीको हत्या अभियोगमा श्रीमान् पक्राउ
-
प्रहरीका २५ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस
-
बुटवलमा खाना महोत्सव तथा माघी मेला सुरु