सङ्घर्षपूर्ण जितसँगै युनाइटेड एफए कपको फाइनलमा

लण्डन । तीन गोलको सहज अग्रता गुमाउँदै म्यानचेस्टर युनाइटेडले पेनाल्टी सुटआउटमा च्याम्पियनसीप टोली कोभेन्ट्रीलाई हराएर एफए कपको फाइनलमा प्रवेश गरेको छ । टोली पेनाल्टी सुटआउटमा ४–२ गोलले विजयी बन्यो ।
पेनाल्टीमा पनि युनाइटेडका कासेमिरो पहिलो पेनाल्टीमा गोल गर्न चुकेका थिए । तर, अन्द्रे ओनानाले कोभेन्ट्रीका कालम ओ’हेर र कप्तान बेन सिफको गोल रोक्दै युनाइटेडलाई लज्जास्पद हारबाट जोगाए ।
खेलको २३ औँ मिनेटमा स्कट म्याकटोमिनीले युनाइटेडलाई अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा ह्यारी म्याग्वायरले टोलीको अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको सुरुवातमा ब्रुनो फर्नान्डेजले अर्को गोल थप्दै युनाइटेडलाई सहज अग्रता दिलाएका थिए । यद्यपि, त्यसपछि कोभेन्ट्री खेलमा फर्कियो । एलिस सिम्सले ७१ औँ मिनेटमा एक गोल फर्काए ।
लगत्तै ओ’हेरले दोस्रो गोल गरे । इन्जुरी समयमा हाजी राइटले पेनाल्टीबाट गोल गरेपछि खेल बराबरीमा टुङ्गियो । अब युनाइटेडले फाइनलमा चिर प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीको सामना गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बजेट वितरण गर्दा तराई मधेसलाई विभेद गरियो : साह
-
अनेमसंघको सातौँ महाधिवेशन शनिबारबाट, अध्यक्षमा त्रिपक्षीय भिडन्त हुने संकेत
-
महालक्ष्मी विकास बैंकले ल्यायो क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधा
-
इजलासमा मिश्रले खाए आमाको कसम, राज्यविरूद्धकाे कसूर नगरेको जिकिर
-
प्रधानमन्त्रीसँग विश्व बैँकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट
-
प्रधानमन्त्रीसँग बंगलादेशका समाज कल्याणमन्त्रीको शिष्टाचार भेट