मापसे सेवन गरेर एम्बुलेन्स चलाएको आरोपमा पक्राउ

सिरहा । मादक पदार्थ सेवन(मापसे) गरेर एम्बुलेन्स चलाएको आरोपमा चालक पक्राउ परेका छन् । स १ च ६९१ नम्बरको एम्बुलेन्स चालक लहान नगरपालिका–१ का ३२ वर्षीय दिनेश कुमार दास पक्राउ परेका हुन् ।
उनलाई मादक पदार्थ सेवन गरी एम्बुलेन्स चलाएको आरोपमा पक्राउ गरी सार्वजनिक अपराध अन्तर्गतको अभद्र व्यवहारको कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुक्ति नाथ सापकोटाले जानकारी दिए ।
सूर्य ज्योति विकास समाजको नाम रहेको एम्बुलेन्स चालकलाई चेक गर्दा मादक पदार्थ सेवन गरेको पुष्टि भएपछि चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको बताउँदै डिएसपी सापकोटाले भने, ‘पछिल्लो समय मादक पदार्थ सेवन गरेर एम्बुलेन्स चलाउँदा दुर्घटना बढ्न थालेपछि बिरामी नबोकेको अवस्थामा उनीहरूमा पनि मापसे परीक्षण गर्न थालेका छौँ ।’
कुनै एम्बुलेन्स चालकले मापसे वा लापसे गरेको थाहा पाए प्रहरीलाई खबर गर्न आग्रह गर्दै डिएसपी सापकोटाले भने, ‘एम्बुलेन्स एउटा संवेदनशील वाहन हो। कसैको ज्यान बचाउनका लागि चाँडोभन्दा चाँडो अस्पताल सहज रुपमा पुर्याउनु पर्ने हुन्छ । तर, उनीहरू मापसे र लापसे गरेर सवारी चलाउँदा गाडीभित्र र बाहिरका मानिसहरू उच्च जोखिममा हुन्छन् ।’
यस आर्थिक वर्षको हालसम्म मापसे लगायत विभिन्न शीर्षकमा २५ जनाभन्दा बढी एम्बुलेन्स चालकलाई कारबाही गरेको जिल्ला ट्राफिक कार्यालय लहानले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजतन्त्र फर्किने कुनै सम्भावना छैन : डा. बाबुराम भट्टराई
-
मेयर कप भलिबलको उपाधि षडानन्दलाई
-
१२ बजे, १२ समाचार : पर्सामा केन्द्राध्यक्षसहित चार जनाले भेटे सीडीओको कारबाहीदेखि कोशी प्रदेशको स्ववियु नतिजामा नेविसंघ पहिलोसम्म
-
भारतीय राजदूतावासमा मनाइयो २३ औँ स्वर्णजयन्ती छात्रवृत्ति दिवस
-
पाथीभरा क्षेत्रमा हिमपात
-
पर्सा सीडीओको एक्सन, केन्द्राध्यक्षसहित चार जनालाई कारबाही