माधव नेपालद्वारा विद्यालाई सम्मान गर्ने कार्यक्रम बहिष्कार

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल एमालेले आज सोमबार आयोजना गरेको पार्टी स्थापनाको ७५ वर्षको अवसरमा आयोजित हीरक महोत्सवमा अनुपस्थित भएका छन् ।
एमालेले हीरक महोत्सवमा प्रधानमन्त्रीसमेत रहेका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई विशेष वक्ताको रूपमा निम्ताएको छ भने अन्य दलका शीर्ष नेताहरूलाई अतिथिका रूपमा बोलाएको छ ।
गोदावरीस्थित सनराइज हलमा आयोजित उक्त कार्यक्रममा एमालेले पूर्व राष्ट्रपति तथा एमालेकी पूर्वउपाध्यक्ष विद्या भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’बाट सम्मानित गरेको छ । पूर्वप्रधानमन्त्रीका हैसियतमा नेता नेपाल र झलनाथ खनाललाई समेत निम्ता गरिएको सो कार्यक्रममा नेता नेपाल भने अनुपस्थित भएका हुन् ।
नेपालको सचिवालयका एक सदस्यले भने, ‘औपचारिकताका लागि निम्तो आएको थियो । तर अध्यक्षज्यूको आज अरु ठाउँमै कार्यक्रम थियो । जसले गणतन्त्रमा दुईदुई पटक संसद विघटन गर्न सहयोग गर्यो । उसैलाई सम्मान गर्ने कार्यक्रममा जान उचित पनि भएन ।’
सत्ता साझेदार दलकै कार्यक्रम भएकाले खनाल भने सहभागी भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँध निर्माणमा ढिलाई भएपछि सात वडा विपद संकटग्रस्त क्षेत्र घोषणा
-
१० बजे १० समाचार : अन्तत: विश्व बने विजेता, सरकारमाथिको संकट टर्यो
-
तीन सय ९५ जनाले गरे सगरमाथा आरोहण
-
पुछारका दुई टोलीको भिडन्त : चेन्नईद्वारा १ सय ८८ रनको लक्ष्य प्रस्तुत
-
स्रोत नखुलेको २५ लाख सहित साँगाबाट दुई जना पक्राउ
-
शैक्षिक संस्था आसपासमा सुर्तीजन्य पदार्थ र मदिरा बिक्री वितरणमा रोक लगाउन माग