शुक्रबार, ०७ असार २०८१
ताजा लोकप्रिय
अपराध

धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ

मङ्गलबार, ११ वैशाख २०८१, २२ : १४
मङ्गलबार, ११ वैशाख २०८१

धनुषा । धनुषाबाट अपहरणमा परेका इन्स्योरेन्समा काम गर्ने एक व्यक्तिलाई सर्लाहीबाट उद्धार गरिएको छ ।

उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० का लालबहादुर थापालाई अपहरण गरेर भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी प्रहरीले उनलाई उद्धार गरेको हो । सो क्रममा अपहरणमा संलग्न ५ जना पक्राउ परेका छन् ।

मंगलबार दिउँसो मिथिला नगरपालिका ६ बाट थापा अपहरणमा परेका थिए । उनी अपहरणमा परेको खबरपछि खोजतलासका क्रममा पीडितलाई भारततर्फ लगिँदै गरेको अवस्थामा सप्तरीबाट ५ जना पक्राउ गर्न सकिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले जानकारी दिए ।

यस्तै थापालाई सकुशल उद्धार गर्न प्रहरी सफल भएको अवाले जानकारी दिए । उनका अनुसार थापा इन्स्योरेन्स  कम्पनीका कार्यरत रहेको र लेनदेनको विवादकै कारण आरोपीहरूले अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । 

पक्राउ परेकाहरूलाई जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याइँदै गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरूमा सप्तरीको सप्तकोशी १ का जयकुमार तामाङ, मनिष विश्वकर्मा, उमेश विश्वकर्मा, सिरहाको गोरबजार ६ का शंकर लामा र गोलबगार नपा २ का अरुण कुमार लामा छन् । यसबारेमा थप अनुसन्धान भइरहेको भन्दै प्रहरीले विस्तृत विवरण दिइसकेको छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप