फष्टलुक्समा यस्तो देखियो ‘घरज्वाइँ’

काठमाडौँ । अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर अभिनीत फिल्म ‘घरज्वाइँ’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले फिल्मको फरक फरक दुई पोष्टर फष्टलुक्सको रुपमा सार्वजनिक गरेको हो ।
सार्वजनिक फष्टलुक्स मध्य एक पोस्टरमा दयाहाङ र मिरुनालाई बोराको भारी बोकिरहेको दुख्न सकिन्छ । अर्को पोस्टरमा फिल्मका प्राय कलाकारले स्थान पाएका छन् ।
मगर संस्कृतिमा आधारित अनिल बुढा मगरको निर्देशनमा जनक घर्ती मगरले निर्माण गरेको फिल्म पूर्वी रुकुम आसपारमा करिब एक महिना छायाङ्कन भएको हो । फिल्मको कथा निर्देशक अनिल आफैले लेखेका हुन् । पटकथा,संवाद लेखनमा भने उनलाई विनोद खतिवडा र सुभाष कोइरालाले साथ दिएका छन् ।
जिएम मुभीजको ब्यानरमा निर्माण भएको फिल्म सुसन प्रजापतिले खिचेका हुन । फिल्मका गीतमा हर्क साउद र मनोज थापाको शब्द, संगीत छ । कृष्ण भण्डारीले सम्पादन रहने फिल्म एमएसएम अस्ट्रेलियाले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार लिइसकेको छ । फिल्मलाई नेपाल वितरण आर आर फिल्मसले गर्दै छ ।
असार २८ गते प्रदर्शन हुने ‘घरज्वाइँ’ मा दयाहाङ र मिरुनाको अलावा बुद्धि तामाङ, पुष्कर गुरुङ, शिशिर बाङ्देल, भोलाराज सापकोटा, खड्कबहादुर पुन (खबपु), राज थापा, कविता आले, शिला आले, अनु थापा, बिना थापा मगर, सोनाम लामा, विवेश बुढा मगर, सुनिल मगर लगायतको अभिनय छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रममन्त्री भण्डारी र बोस्नियाका मिसन उपप्रमुखबिच छलफल
-
कर्णाली प्रदेशमा स्वास्थ्य सेवाको पहुँचमा वृद्धि
-
एनआरएनए उच्चस्तरीय समितिका संयोजक घलेले गरे बृहत् एकताका लागि अपिल
-
सुनसरीबाट १ सय ७७ किलो गाँजासहित दुई जना पक्राउ
-
भन्सारको नाममा सरकारले मधेसमा लुट मचाएको छ : प्रभु साह
-
मुम्बईमा लगेर चेलीबेटी बेच्ने आरोपी ३० वर्षपछि पक्राउ