तत्त्व फार्मस्को ‘सक्खर’ बजारमा
काठमाडौँ । तत्त्व फार्मस्ले विभिन्न ‘फ्लेवर’का सक्खर बजारमा ल्याएको छ । भारत र नेपालको तराई भेगमा यसलाई गुँड शब्दले चिन्ने गरिन्छ ।
आयुर्वेदिक चिकित्सामा सक्खरको महत्त्व उच्च छ । गुलियोका रूपमा र औषधीय गुणका हिसाबले प्रयोग हुने सक्खर बहुउपयोगी खाद्य पदार्थ हो । यो उखुको रस पकाएर बनाइन्छ । कम्पनीका उत्पादनमा ‘ओरिजिनल ज्यागरी पाउडर’, सिनेमन ज्यागरी पाउडर, स्याफ्रोन ज्यागरी पाउडर, मसला टि ज्यागरी पाउडर, टर्मरिक ज्यागरी पाउडर, ब्ल्याक पेपर ज्यागरी पाउडर र जिञ्जर ज्यागरी पाउडर छन् । जसलाई स्वाद र उपयोगिताअनुसार उपभोग गर्न सकिन्छ ।
परम्परागत उत्पादन ओरिजिनल ज्यागरी पाउडरलाई दूध वा तातो पानीसँग दुई÷तीन चम्चा दैनिक खान सकिन्छ । त्यति मात्रै होइन, चिया, सिरियल, मिठाई, हलुवा र खिरमा पनि प्रयोग गर्न सकिन्छ । खानापछि स्वीट्नरका रूपमा पनि यसलाई लिन सकिन्छ । चियाका पारखीले ‘मसला टी ज्यागरी पाउडर’ प्रयोग गर्न सक्छन् ।
बिहानको चियादेखि राति सुत्नुअघि पिउने दूधसम्मका लागि तत्त्वले प्रडक्ट तयार पारेको छ । तत्त्व फार्मस््का संस्थापक हिमांशु त्रिपाठीका अनुसार तत्त्वका विभिन्न फ्लेवरका सक्खरको पाउडरलाई घिउ, दही मात्रै होइन रोटी र भातसँग पनि खान सकिन्छ भने बेकरी, मिठाईलगायतमा गुलियो प्रयोग हुने हरेक खानामा प्रयोग गर्न सकिन्छ ।
हाल तत्त्वका उत्पादन काठमाडौँ उपत्यका, पूर्वका विभिन्न सहरका साथै पश्चिममा पोखरा, भैरहवा, नारायणघाट, बुटवल, नेपालगञ्जलगायतका सहरको भाटभटेनी, सेल्सवेरी, बिगमार्टलगायत विभिन्न ग्रोसरी आउटलेटमा उपलब्ध छ । साथै दराजमार्फत अनलाइन अर्डर गरी नेपालभर घर तथा अफिसमै डेलिभरी मगाउन सकिन्छ ।
‘हाल सक्खर पाउडर तीन सय ग्राम र छ सय ग्राम गरी दुई वटा प्याकेजमा उपलब्ध छु’, त्रिपाठी भन्छन्, ‘ओरिजिनल ज्यागरी पाउडरको तीन सय ग्रामको एक सय ७५ रुपैयाँ र छ सय ग्रामको तीन सय २५ रुपैयाँ तोकिएको छ । अन्य फ्लेवरको भने स्वादअनुसार फरक–फरक मूल्य छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्रा विनिमय दर, आज कुनको मूल्य कति ?
-
राप्रपाको स्थानीय तह परिचालन र पर्यटन विभागमा पदाधिकारी मनोनित
-
जलवायु परिवर्तनले निम्ताएका समस्या समाधान गर्न विश्व समुदाय एकजुट हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
राष्ट्रिय गुरुकुल शिक्षा परिषद् पुनर्गठन
-
ट्रम्प प्रशासनमा थप दुई महत्वपूर्ण नियुक्ति
-
फिरन्ते जीवन बाँच्दै आएका राउटेको अस्तित्व संकटमा, जनसंख्या १३५ मात्रै