एक साताभित्र युक्रेनमा हतियार पुग्छ: अमेरिका
वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति जो बाइडेनले एक साताभित्र युक्रेनलाई अमेरिकी हतियार र उपकरण उपलब्ध गराउने बताएका छन् । गत हप्ता मात्रै अमेरिकी सिनेटले युक्रेनलाई ६१ अर्ब डलरको सहायता उपलब्ध गराउने कानुनलाई अनुमोदन गरेको थियो ।
अमेरिकी कांग्रेसमा विगत ६ महिनादेखि विधेयक अड्किएको थियो । तर, मतदानमा सिनेटले युक्रेनका लागि राहत प्याकेजलाई अनुमोदन गरेको छ । जुनसुकै बेला बाइडेनले यो विधेयकमा हस्ताक्षर गर्न सक्ने विश्वास गरिएको छ । यस विधेयकमा इजरायल र ताइवानका लागि अर्बौँ डलरको सहायताको प्रावधान पनि छ ।
यो राहत प्याकेजले अत्याचार र दमनका विरुद्ध अमेरिका बलियो रूपमा उभिएको छ भनेर देखाएको बाइडेनको भनाइ छ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले पनि राहत प्याकेजका लागि अमेरिकी सिनेटप्रति आभार व्यक्त गरेका छन् । जेलेन्स्कीले यो सहयोग आफ्नो देशका लागि निकै महत्त्वपूर्ण रहेको बताएका छन् ।
राहत प्याकेजलाई स्वीकृत गरेर अमेरिकाले युक्रेन युद्धमा कत्तिको हस्तक्षेप गरिरहेको छ भन्ने देखाएको पछि रुसले बताएको थियो । जेलेन्स्कीले लामो समयदेखि रुससँग लड्न पश्चिमी हतियारहरू खोज्दै आएका थिए । रुसले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेको थियो । यस भयावह युद्धमा दुवै पक्षबाट दसौँ हजार मानिस मारिएका छन् र युक्रेनको ठुलो जनसङ्ख्या घरबारविहीन बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्यान्सर पीडितलाई अन्तर्राष्ट्रिय नेपाली समाज कतारको सहयोग
-
नेपालमा खेल पर्यटनलाई प्रवर्धन गरेर लैजानुपर्छ : प्रचण्ड
-
लोडसेडिङकै झल्को दिने गरी किन गइरहन्छ झ्याप्प–झ्याप्प बत्ती ?
-
व्यवसाय बन्द भएकै आधारमा ऋणी कालोसूचीमा नपर्ने, ‘वर्षौंपछि राष्ट्र बैंकद्वारा ऋणीमाथि न्याय’
-
यस्तो छ ‘फेरि रेशम फिलिली’को पहिलो गीत ‘ग्रीन कार्डैमा’
-
सपना अधूरै छाडेर अस्ताए चुङ्बा